धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिद्धलेक गाउँपालिकाको पार्टी कार्यालय २०८२ साल पौष १९ गते सिद्धलेक–१ बैरेनीमा भव्य रूपमा उद्घाटन गरिएको छ।

कार्यालयको उद्घाटन सिद्धलेक–१ का ९५ वर्षीय वयोवृद्ध तोयानाथ बलराम अर्यालले रिबन काटेर गर्नुभएको हो। उद्घाटन कार्यक्रम पालिका सभापति मो. रकीम अन्सारीको सभापतित्वमा सम्पन्न भएको थियो।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी धादिङ जिल्ला सभापति सूर्यमणि पाठक, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ का सभापति श्रवण त्रिपाठी, पार्टी सदस्य चन्द्रमान तामाङ, गल्छी गाउँपालिकाका सभापति कुमार रिमाल तथा संगठन विभाग प्रमुख राम भण्डारीको उपस्थिति रहेको थियो।

उद्घाटन समारोहका क्रममा देशमा परिवर्तन र सुशासनको अभियानलाई समर्थन गर्दै विभिन्न पार्टी परित्याग गरी ३२ जना राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्। नवप्रवेशी सबैलाई पार्टीको ब्याज लगाएर औपचारिक रूपमा स्वागत गरिएको थियो।

कार्यक्रममा वक्ताहरूले राष्ट्रिय स्वतन्त्र पार्टी वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित हुँदै गएको उल्लेख गर्दै जनताको भरोसा र समर्थन बढ्दै गएको बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0