धादिङ बेसी , १२ माघ २०८२

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा नेकपा (एमाले) ले धादिङमा आफ्नो चुनावी गतिविधिलाई तीव्र बनाएको छ । उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भएसँगै एमालेले संगठनलाई चलायमान बनाउँदै गाउँ–गाउँ र टोल–टोलसम्म पुग्ने अभियान सुरु गरेको छ ।

एमाले धादिङका अनुसार प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा जगन्नाथ नेपालको संयोजकत्वमा ४०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ भने रमेश आचार्य उपसंयोजक रहेका छन् । त्यस्तै, क्षेत्र नम्बर २ मा अर्जुन गोर्खालीको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरिएको पार्टीले जनाएको छ ।

निर्वाचनलाई व्यवस्थित र प्रभावकारी बनाउन एमालेले प्रचार–प्रसार समिति, युवा परिचालन समिति, आर्थिक व्यवस्थापन समिति तथा स्थानीय मुद्दा संकलन समिति लगायतका उपसमितिहरू पनि गठन गरेको छ । यी समितिहरूले मतदातासँग प्रत्यक्ष संवाद, घरदैलो कार्यक्रम तथा स्थानीय आवश्यकतामा आधारित एजेन्डा संकलनमा सक्रिय भूमिका खेल्ने जनाइएको छ ।

एमालेले धादिङका गाउँ–गाउँ र टोल–टोलमा घरदैलो अभियान, मतदाता भेटघाट र प्रत्यक्ष संवाद कार्यक्रम सञ्चालन गर्दै जनसमर्थन विस्तार गर्ने रणनीति अघि बढाएको छ । पार्टीले स्थानीय मुद्दालाई प्राथमिकतामा राख्दै निर्वाचन जित्ने लक्ष्यसहित संगठनात्मक शक्ति परिचालन गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0