धादिङ, २४ माघ २०८२
प्रतिनिधि सभा निर्वाचन–२०८२ लाई स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित गृहमन्त्री ओमप्रकाश अर्याल आज धादिङ आइपुग्नु भएको हो ।
धादिङमा रहँदा गृहमन्त्री अर्यालले जिल्ला सुरक्षा समितिसँग छलफल गरी निर्वाचन सुरक्षाको समग्र अवस्था, सम्भावित चुनौती तथा तयारीका विषयमा जानकारी लिएको र उहाँले निर्वाचन अवधिभर शान्ति–सुरक्षा मजबुत बनाउने, मतदातालाई निर्भीक रूपमा मतदान गर्न सक्ने वातावरण सुनिश्चित गर्न सुरक्षा निकायलाई आवश्यक निर्देशन दिनु भएको छ
निर्वाचनलाई मर्यादित, पारदर्शी र विश्वासयोग्य बनाउने प्रतिबद्धता व्यक्त गर्दै स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सरोकारवाला पक्षबीच प्रभावकारी समन्वयलाई प्राथमिकतामा राखेको छ।
गृहमन्त्री अर्यालको धादिङ भ्रमणलाई निर्वाचन सुरक्षाको तयारीलाई थप प्रभावकारी बनाउने महत्वपूर्ण कदमका रूपमा लिनु भएको छ , साथै पत्रकारहरुले राखेको जिग्यासामा चुनाब देश भरी शान्तिपूर्ण बतावरणमा एकै पटक हुने बत्ताउनु भयो , कतै हिमपात भै समस्या भएमा बिचारगर्ने बिषय हो तर हालसम्म मौसम बिदहरु सङ समन्वय गर्दा पनि मौसम सहज हुने समेत बताउनु भयो ।






