धादिङ ,
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने यही फागुन ११ गते धादिङ आउने भएका छन्। उनको उपस्थितिमा आयोजना हुने चुनावी विशेष कार्यक्रममा उनले पार्टीका कार्यकर्ता तथा सर्वसाधारणलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

पार्टीका जिल्ला नेताहरूका अनुसार उक्त कार्यक्रम संगठन विस्तार, समसामयिक राजनीतिक अवस्था, आगामी रणनीति तथा निर्वाचन केन्द्रित एजेन्डामा केन्द्रित रहनेछ। लामिछानेको आगमनसँगै धादिङमा राजनीतिक चहलपहल बढ्ने अपेक्षा गरिएको छ भने स्थानीय समर्थक तथा कार्यकर्तामा उत्साह देखिएको छ।

कार्यक्रम आयोजकका अनुसार सम्बोधन कार्यक्रममा जिल्लाभरबाट नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहने अनुमान गरिएको छ।

🗓️ यस्तो छ सम्बोधन तालिका:

  • १२:०० बजे — आरुघाट

  • १:३० बजे — सल्यानटार

  • २:३० बजे — धादिङबेसी

  • ४:०० बजे — गल्छी

रास्वपाले धादिङसहित देशभर चुनावी गतिविधि तीव्र बनाइरहेका बेला सभापति लामिछानेको यो भ्रमणलाई रणनीतिक रूपमा महत्वपूर्ण मानिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0