मन्थली (रामेछाप), १८ फागुनः रामेछाप नगरपालिका–२ मा निर्वाचन सामग्री तथा निर्वाचनमा खटिने कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
जिल्लाको साघुटारमा ना ७ ख ६७६८ नम्बरको गाडी दुर्घटना भएको हो। दुर्घटनामा एक जना प्रहरीको मृत्यु भएको र अन्य ८ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक भोला भट्टका अनुसार घाइतेहरूको उद्धार कार्य जारी रहेको छ। प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार तथा उपचारको व्यवस्था मिलाइँदैछ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको र विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।