धादिङबेशी, २१  चैत

लायन्स क्लब अफ काठमाण्डौ सुर्यमुखीको वर्ष २०२६/२०२७ का लागि सम्पन्न निर्वाचनबाट लायन राजाराम रिजाल अध्यक्षमा निर्वाचित हुनुभएको छ। शनिबार धादिङबेशीमा सम्पन्न कार्यक्रममार्फत नयाँ कार्यसमिति चयन गरिएको हो।

निर्वाचित समितिअनुसार प्रथम उपाध्यक्षमा डा. दिनेश रेग्मी, द्वितीय उपाध्यक्षमा लायन तारा रिजाल, सचिवमा सुदर्शन गोम्जा र कोषाध्यक्षमा लायन बेदनाथ दनै निर्वाचित हुनुभएको छ। त्यसैगरी क्लब एडमिनिस्ट्रेटरमा लायन मन्दिरा आचार्य, सह–सचिवमा डा. रेशम विक्रम सिजाली, क्लब डाइरेक्टरमा डा. अशोक छत्कुली, सर्भिस चेयरपर्सनमा राजेश गुरुङ र मार्केटिङ चेयरपर्सनमा लायन हरि बहादुर सुनार चयन हुनुभएको छ।

क्लबका सदस्यहरूमा पवित्रा रिजाल, जीतकुमारी गिरी, श्याम अधिकारी, राजकुमार ढुङ्गेल, रामबहादुर श्रेष्ठ, अशोक विक र मालती रसाइली रहनुभएको छ।

नवनिर्वाचित अध्यक्ष रिजालले क्लबलाई सामाजिक सेवामा अझ सक्रिय बनाउँदै समुदायमुखी कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा जोन १२ का जोन चेयरपर्सन लायन कृष्ण शिशिर ढकाल प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। उहाँले लायन्स क्लबले सामाजिक सेवामा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि निरन्तरताको कामना गर्नुभयो।

लायन्स क्लब अफ काठमाण्डौ सुर्यमुखीका वर्ष २०२५/२०२६ का अध्यक्ष विक्रम विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारी, रोटरी क्लब धादिङका अध्यक्ष डा. राम रिजाल, लायन्स क्लब अफ भैरवीका अध्यक्ष बद्री अधिकारी, लायन्स क्लब अफ धादिङ मण्डलीका अध्यक्ष महेश रिजाल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो।

लायन्स क्लबले धादिङ क्षेत्रमा स्वास्थ्य, शिक्षा, सामाजिक सेवा तथा मानवीय सहयोगका क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0