देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा अदालतबाट अनुमति
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वमन्त्री डा. आरजु राणा देउवा विरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ। गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी अनुसन्धानका क्रममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अदालतबाट पक्राउ अनुमति लिएको उच्च स्रोतले जनाएको छ।
स्रोतका अनुसार अदालतले पक्राउ अनुमति दिइसकेको भए पनि देउवा दम्पती हाल नेपाल बाहिर रहेकाले उनीहरुलाई नियन्त्रणमा लिन नसकिएको हो। अनुसन्धान निकायले उनीहरूमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा छानबिन अगाडि बढाइरहेको जनाएको छ।
देउवा दम्पती २१ फागुनमा सम्पन्न निर्वाचनअघि १३ फागुनमा स्वास्थ्य उपचारका लागि सिंगापुर गएका थिए। त्यसपछि उनीहरू हङकङतर्फ गएको समाचारसमेत सार्वजनिक भएको थियो। हाल उनीहरूको सटीक अवस्थाबारे आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान प्रक्रियाअनुसार आवश्यक कानुनी कदम अघि बढाएको जनाएको छ। यस विषयमा सम्बन्धित निकाय वा देउवा दम्पतीको औपचारिक प्रतिक्रिया भने सार्वजनिक भइसकेको छैन।
hello world
hello world
Comments are closed.