बिश्वास सिलवाल , धादिङ, असार ५ , २०८३

नीलकण्ठ नगरपालिका–३ स्थित नीलकण्ठ बहुमुखी क्याम्पसको आयोजनामा अन्तर क्याम्पस हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ।

प्रतियोगितामा नीलकण्ठ बहुमुखी क्याम्पस प्रथम, सिम्ले महाकाली क्याम्पस, सिम्ले द्वितीय तथा सल्यानटार बहुमुखी क्याम्पस, सल्यानटार तृतीय स्थान हासिल गर्न सफल भएका छन्।

प्रतियोगितामा आदर्श बहुमुखी क्याम्पस, गजुरी, चन्द्रोदय बहुमुखी क्याम्पस, बेनिघाट, नेत्रावती बहुमुखी क्याम्पस, खहरे तथा जयवागेश्वरी बहुमुखी क्याम्पस, मलेखु लगायतका क्याम्पसहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै डा. मुरारी अधिकारीले यस्ता शैक्षिक तथा बौद्धिक प्रतियोगिताले विद्यार्थीहरूमा अध्ययनप्रतिको रुचि बढाउनुका साथै नेतृत्व क्षमता, तार्किक सोच र आत्मविश्वास विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले विद्यार्थीहरूलाई प्रतिस्पर्धासँगै ज्ञान र सीप अभिवृद्धितर्फ निरन्तर अग्रसर हुन आग्रह गर्नुभयो।

कार्यक्रमले विद्यार्थीहरूको ज्ञान, सामान्य ज्ञान तथा प्रस्तुतीकरण क्षमताको विकासमा सकारात्मक योगदान पुर्‍याएको आयोजकले जनाएको छ। विजेता तथा सहभागी सबै टोलीलाई बधाई ज्ञापन गर्दै कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
1
+1
0