धादिङ ,१७ साउन ,२०८३

रोट्रयाक्ट क्लब अफ धादिङको तेस्रो पदस्थापन तथा नेतृत्व हस्तान्तरण समारोह धादिङस्थित क्रिक रिसोर्टमा भव्यताका साथ सम्पन्न भएको छ। ‘Leadership today, impact tomorrow’थिमका साथ आयोजित उक्त समारोहमा नवनिर्वाचित अध्यक्ष रोट्रयाक्टर भवानी भट्टराईसहित नयाँ कार्यसमितिले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

कार्यक्रमका प्रमुख अतिथि, रोटरी क्लब अफ धादिङका वर्ष २०२६–२७ का अध्यक्ष रोटेरियन ईश्वर कँडेलले नवनिर्वाचित अध्यक्ष तथा कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभयो। उहाँले युवाहरूको नेतृत्व विकास र सामाजिक सेवामा रोट्रयाक्टले खेल्दै आएको भूमिकाको प्रशंसा गर्दै समाजमा दिगो प्रभाव पार्ने किसिमका गतिविधिहरू सञ्चालन गर्न आग्रह गर्नुभयो।

समारोहमा डिस्ट्रिक्ट कर्पोरेट पार्टनरसिप चेयर रोट्रयाक्टर सुदीप प्रसाईं ठाकुरको आतिथ्यता तथा रोट्रयाक्ट क्लब अफ धादिङका सल्लाहकार एवं डिस्ट्रिक्ट कमिटी पोलियो को-चेयर रोटेरियन अशोक कुमार बस्नेतको विशेष आतिथ्यता रहेको थियो। विशिष्ट अतिथि तथा अतिथिहरूले नयाँ कार्यसमितिलाई शुभकामना दिँदै संस्थाको गरिमा र सेवाका परियोजनाहरूलाई अझ परिणाममुखी बनाउन सुझाव दिनुभयो।

पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष रोट्रयाक्टर भवानी भट्टराईले आफ्नो कार्यकालमा ‘Leadership today, impact tomorrow’ को मूल मन्त्रलाई आत्मसात गर्दै प्रत्येक महिना एक प्रमुख कार्य गर्ने योजनासहित ‘Rotaract Social Responsibility (RSR)’ अभियान सञ्चालन गर्ने दृढ प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले युवा सशक्तीकरण, नेतृत्व विकास र सामुदायिक विकासका गतिविधिहरूलाई आगामी दिनमा थप उचाइमा पुर्‍याउने बताउनुभयो।

कार्यक्रममा विभिन्न रोटरियन, रोट्रयाक्टर, सामाजिक संघसंस्थाका प्रतिनिधि, अतिथि तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0