काठमाडौँ ,२०८३ भाद्र ३१

नेपाली कांग्रेसमा लामो समयदेखि ठूलो त्याग, लगानी र योगदान पुर्‍याएका नेता मीन विश्वकर्मा पार्टीको मूलधारमै दृढताका साथ अघि बढेका छन्। आन्तरिक परिस्थितिका कारण बीचमा केही समय अन्योल र विचलन देखिए पनि अन्तिम घडीमा आत्मसमीक्षा गर्दै उनी आफ्नै पुराना सहयात्रीहरूसँग जोडिएका हुन्।

विश्वकर्माको यो कदमलाई लिएर कांग्रेसप्रति निष्ठा राख्ने तमाम कार्यकर्ता, ऊर्जावान् युवा तथा सम्मानित अग्रजहरूले खुसी व्यक्त गर्दै हार्दिक बधाई ज्ञापन गरेका छन्। बदलिएको नेपाली कांग्रेसको मर्म र आम शुभचिन्तकहरूको भावनालाई कदर गर्दै उनी पुनः पार्टी सुदृढीकरणमा क्रियाशील भएका हुन्।

“तमाम नेपाली कांग्रेसलाई माया गर्ने र भरोसा राख्ने युवा अनि अग्रजहरूको भाव बुझेर फर्किनुभएको छ, अबका दिनमा वैचारिक निष्ठाबाट कहिल्यै विचलन नहोस्,” पार्टीका शुभचिन्तकहरूले सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै भनेका छन्।

आफ्ना कमीकमजोरीलाई सुधारेर कार्यकर्ताको विश्वास जित्नु नै सच्चा लोकतान्त्रिक संस्कार भएको भन्दै उनको पुनरागमनले रूपान्तरित र सशक्त कांग्रेस निर्माणमा थप ऊर्जा थपेको विश्लेषण गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0