नवराज श्रेष्ठ ‘चट्टान’
बुकारेष्ट, रोमानिया । नेपाल मगर संघ रोमानियाको ऐतिहासिक महाधिवेशन रोमानियाको राजधानी बुकारेष्टमा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। महाधिवेशनले गोबिन्द बहादुर गुर्मछान मगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
महाधिवेशनमा नेपाल मगर संघ रोमानियाकी संस्थापक अध्यक्ष तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) रोमानियाकी अध्यक्ष गोमा देवी थापा मगर प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा सफल व्यवसायी तथा समाजसेवी अमृत मगराती मगर, रोल्पाली समाजका महासचिव रबिन्द्र पुन मगरलगायत अतिथि तथा मगर समुदायका प्रतिनिधिहरूको उपस्थिति थियो।
महाधिवेशनमा संघले विगतमा गरेका गतिविधिको समीक्षा गर्दै वर्तमान अवस्था तथा आगामी कार्ययोजनाका विषयमा छलफल गरिएको थियो। रोमानियामा रहेका मगर समुदायसँगै नेपाली समुदायका विभिन्न संघसंस्थाबीच आपसी एकता, सद्भाव, सहयोग र सहकार्यलाई थप मजबुत बनाउने विषयमा पनि जोड दिइएको थियो।
महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले मगर समुदायको एकता र पहिचानलाई थप सुदृढ बनाउँदै भाषा, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धनमा काम गर्ने प्रतिबद्धता जनाएको छ। साथै सामाजिक क्षेत्रमा समेत सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
<span;>नव निर्वाचित कार्यसमिति
अध्यक्ष: गोबिन्द बहादुर गुर्मछान मगर
उपाध्यक्ष: दिर्घ पुलामि मगर, सन्तोष थापा मगर
महिला उपाध्यक्ष: बिनिता फगामि मगर
महासचिव: सुभाव थापा मगर
सचिव: ग्यान्दिप आले मगर
महिला सह–सचिव: हिमानि मगर
कोषाध्यक्ष: निर कुमार मगर
सह–कोषाध्यक्ष: कृष्ण घर्ति मगर
महिला कोषाध्यक्ष: सबिता थापा मगर, लिला आले मगर
सदस्यहरू: सुशिला पुन मगर, अजय राना मगर, दान बहादुर मगर, कमलराम थापा मगर, बसन्त डिसुवा मगर (जोन), पदम थापा मगर र यमुना थापा मगर।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0