मङ्लबार, १७ कार्तिक २०८३

धादिङमा कांग्रेसको वडा अधिवेशन असोज ५ गते

३३ पटक पढिएको
WhatsApp Viber X
१ मिनेट पढाइ
अक्षर:

धादिङ। नेपाली कांग्रेस धादिङले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत जिल्लामा हुने विभिन्न तहका अधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ।

नेपाली कांग्रेस जिल्ला कार्यसमितिको बैठकले केन्द्रीय निर्वाचन प्रतिनिधि विश्वास आचार्यसँगको परामर्शमा अधिवेशनको कार्यतालिका तय गरेको हो।
कार्यतालिकाअनुसार धादिङका सबै वडामा असोज ५ गते वडा अधिवेशन हुने भएको छ। त्यसैगरी असोज ७ गते गाउँपालिका तथा नगरपालिका अधिवेशन सम्पन्न गरिनेछ।
यस्तै असोज १० गते प्रदेश सभा क्षेत्रीय अधिवेशन तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन गर्ने कार्यतालिका तय गरिएको नेपाली कांग्रेस धादिङका सहसचिव नवराज तिमल्सिनाले जानकारी दिनुभयो।
पार्टीको केन्द्रीय निर्वाचन समितिले यसअघि सार्वजनिक गरेको १५औँ महाधिवेशनको संशोधित निर्वाचन कार्यतालिकाअनुसार पनि विभिन्न तहका अधिवेशनहरू क्रमशः सम्पन्न गर्ने कार्यक्रम तय गरिएको छ।
धादिङ कांग्रेसले अधिवेशनलाई व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न आवश्यक तयारी अघि बढाउने जनाएको छ। जिल्लामा अधिवेशन प्रक्रिया सुरु भएसँगै वडा तहदेखि क्षेत्रिय प्रतिनिधि चयन तथा नेतृत्व छनोटको प्रक्रिया अघि बढ्नेछ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो समाचार सेयर गर्नुहोस्: WhatsApp Viber X
प्रकाशक त्रिकोण खबर

त्रिकोण संवाददाता

तपाईंको प्रतिक्रिया

Facebook मार्फत प्रतिक्रिया दिनुहोस्। अशिष्ट वा घृणा फैलाउने प्रतिक्रिया हटाइनेछ।