ईश्वर थापा मगर
धादिङ ।
नीलकण्ठ नगरपालिका वडा नं ३ मा रहेकाे तिनवटा विध्यालय नीलकण्ठ मा वि, वालमन्दिर मा वि र ईजारा आधारभुत विद्यालय समायाेजन पछिकाे नाम (नीलकण्ठ वालमन्दिर माध्यामिक विद्यालय) काे तर्दथ व्यावस्थापन समितिकाे अध्यक्षमा दिपक काेईराला चयन हुनुभएकाे छ ।
नीलकण्ठ नगरपालिका नगर शिक्षा समितिकाे सिफारिसमा नगरपालिका बैठ्कले ३ वटा विद्यालय समायाेजन गर्ने सम्वन्धि निर्णय गरेपछि व्यावस्थापन समिति कस्काे नेतृत्वमा वन्ने भन्ने अन्याैलता थियाे साेहि अन्याेलतालाई पुर्णता दिदै नीलकण्ठ नगर पालिकाले दिपक काेईरालालाई तदर्थ समितिकाे अध्यक्षमन चयन गरेकाे जनाएकाे छ ।
काेईराला यसअधि वालमन्दिर माध्यामिक विद्यालयकाे अध्यक्ष समेत हुनुहुन्थ्यो ।






