ताेलामा १ हजार सात सयले घट्याे सुनको मुल्य

काठमाडौं  । साताको अन्तिम दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ।

बिहीबार प्रतितोला एक हजार छ सय रूपैयाँ बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य प्रतितोला सात सय रूपैयाँ घटेको हो।

आज छापावाल सुन प्रतितोला एक लाख ३९ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार छ सय ५० रूपैयाँमा कारोबार भइरहेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले छ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४० हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३९ हजार तीन सय ५० रूपैयाँमा कारोबार भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0