आज बिहिवार साँझ देखि शनिवार बिहानसम्म मनसुन सक्रिय हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले विशेष मौसमी बुलेटिन प्रकाशन गर्दै देशका धेरै ठाउँमा बिहीवार बेलुका देखी शनिवार बिहानसम्म तीन दिन पानी पर्ने पूर्वानुमान गरेको छ ।

केही ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । महाशाखाले त्यसैअनुसारको आवश्यक सतर्कता र सावधानी अपनाउनसमेत आग्रह गरेको छ ।

अहिले भारतको मध्यप्रदेश आसपासमा रहेको न्यून चापीय प्रणाली थप विकसित भई उत्तर–पश्चिमतिर अर्थात् नेपाल नजिक सर्ने सम्भावना देखिएको महाशाखाले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0