काठमाडौं । नेपालले भारत बिरूद्व गरेकाे गाेललाई रेफ्रिले मान्यता नदिए पछि दशरथ रंगशालामा तनाव  बढेकाे छ ।साफ च्याम्पियनसिपको सेमिफाइनल खेलमा भारतकी संगीता बास्फोरेले गोल गरेकी खेललाई अग्रता दिएकि थिईन ।

भारतले गोल गरेलगत्तै नेपाली खेलाडीहरुले पनि भारतको पोस्टमा गोल गरेका थिए । तर उक्त गोललाई रेफ्रीले मान्यता नदिएपछि दशरथ रंगशाला तनावग्रस्त भएको छ ।

रेफ्रीले सुरुमा गोल भएको संकेत गरेपनि गोल दिएनन् । भारतीय खेलाडीहरु गोलको खुशी मनाउँदै गर्दा नेपालले बल चलाएर गोल गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0