कृष्ण बद्री पौडेल

धादिङ

धादिङ । गत मङ्सिर ४ गते जिल्ला समन्वय समिति धादिङले आफ्नो आठौं जिल्ला सभा सम्पन्न गरेको थियो। १३ वटै गाउँपालिकाका प्रमुख उपप्रमुखहरूको उपस्थिति र जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख प्रतिनिधको तथा पत्रकारहरूका माझ जिल्ला समन्वय समितिले आठौं जिल्ला सभा गर्दै गर्दा उपस्थिति सम्पूर्णलाई धादिङ डायरी नामक एक डायरी समेत प्रदान गरेको थियो।

जिल्ला समन्वय समितिले धादिङ डायरी निर्माण गर्दै गर्दा केही महत्वपूर्ण विषयवस्तुहरू समेटिएको देखिन्छ तथापि धादिङका पर्यटकीय तथा धार्मिक स्थलहरूको विषयमा भने जिल्ला समन्वय समिति डायरीमा समेट्न चुकेको देखिन्छ जिल्ला समन्वय समितिले निकै मेहनतका साथ प्रकाशन गरेको धादिङ डायरीमा धादिङका महत्वपूर्ण धार्मिक स्थलहरूको विशेष समेट्ने प्रयास गरेको भए पनि धेरै विषयवस्तुहरू छुट्न गएको अवश्य पनि छ। यस विषयमा जिल्ला समन्वय समितिका समन्वय अधिकारी रामश्रय यादव सँग बुझ्दा “आफू नयाँ भएको र सबै कुरा समेट्न नसकेको” स्वीकार गर्नुभयो।

२०७४ सालको बैशाखमा स्थानीय निर्वाचन भयो ,धादिङमा २ वटा नगर पालिका ११ वटा गाउँ पालिका गरि १३ वटा स्थानीय तह बनाईयो ,साबिकको ५० वटा  गा बि स मध्ये १३ वटा स्थानिय तहमा सिमित भयो , साबिकको जिल्ला बिकास समिति ,जिल्ला समन्वय समितिमा सिमित भयो ,हाल जिल्ला समन्वय समितिमा प्रमुख ,उपप्रमुख र सदस्यहरु रहने ब्यबस्था छ,साबिकमा निकै शक्तिशाली पदको स्थानीय बिकास अधिकारी (LDO)  हुन्थ्यो ,अहिले समन्वय अधिकारी रहने ब्यबस्था छ ।

जिल्ला समन्वयले वर्षमा दुई पटक जिल्ला सभा गर्दछ ,यो वर्षको पनि हिउँदे सभा भर्खरै सकेको छ  र  जिल्ला को छोटो परिचय ,फोन नम्बरहरु राखेर डायरी बनाएको पाए तर डायरीमा धेरै महत्त्वपूर्ण बिषय छुटाएको देखेर ध्यानाकर्षण भयो र ध्यानाकर्षण गर्न मन लाग्यो । खनियाबास गाउँ पालिकामा रहेको तातोपानी , सिङ्लाको बारेमा केही बोलेको छैन ,त्यस्तै गरि नेत्रावती गाउँ पालिकाको नाममा पछी डबजोङ बनाएको ,वाईवा राजाको दरवार भएको ठाउँ भएकोले नेत्रावती डवजोङ गाउँ पालिका भएकोले डबजोङ दरबार ,वाकाराह ,भर्याङभुरुङ मा रहेको बिन्दु केशरा महादेवको बारेमा उल्लेख छैन ।

त्यसै गरि ज्वालामुखी मन्दिरको नाममा ज्वालामुखी गाउँ पालिका रहेको छ खोइ नाम र चर्चा ,मैदी कोटमा पृथ्वीनारायण शाहको ब्रतबन्ध भएको ठाउँ खै उल्लेख गरेको ? यस्ता बिषयहरुमा ध्यान दिन जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0