४ पाैष धादिङ । केही दिनदेखि सामाजिक सञ्जालमा एउटा फोटो भाइरल भइरहेको छ। त्यो हो कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको फोटोमा लामिछाने सुतिरहेको अवस्था देखिन्छ भने त्यस वरपर केही सामग्रीहरु छरपष्ट अवस्थामा रहेको प्रष्ट देख्न सकिन्छ।
केही दिनदेखि यो फोटो कसको हो भने निकै अन्योलपूर्ण अवस्था भइरहेको बेला त्यो फोटो रवि लामिछानेकै भएको प्रहरीले पुष्टि गरेको छ। सामाजिक सञ्जालहरूमा यत्रतत्र छरप्रष्ट भएपछि गृहमन्त्री रमेश लेखकले प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई बिहिबार फोन गरी फोटोको विषयमा सोधखोज गर्नुभएको थियो। प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले उक्त फोटो रवि लामिछानेकै भएको र उनी कास्की प्रहरी हिरासतमा सुतिरहेको अवस्थाको फोटो भएको बताउनुभयो हिरासतमा रहेका व्यक्तिको फोटो सार्वजनिक भएको विषयलाई प्रहरीले गम्भीरताका साथ लिएको र सार्वजनिक गर्ने व्यक्तिलाई छानबिनमार्फत कारबाही गर्न निर्देशन गरिसकिएको प्रहरी स्रोतले बताएको छ।
आफूलाई सामाजिक अभियन्ता बताउने डाक्टर निकोलस भुसालले उक्त फोटो आफूले खिचेको र सामाजिक सञ्जालमा आफूले अपलोड गरेको यसअघि नै बताइसकेका छन् डाक्टर भुसालले सामाजिक सञ्जाल फेसबुक मार्फत उक्त फोटो आफूले सिसी क्यामेराको स्क्रिनबाट खिचिएको स्वीकार गरेका छन्।
उनले भनेका छन्, ‘मैले यो फोटो सीसीटीभी क्यामेराको फुटेजबाट खिचेको हुँ । खास मैले नखिच्नुपर्ने थियो । तर खिचेछु । उहाँ (रवि)को प्रेसर बढेको भन्ने सुनेर म बुझ्न गएको थिएँ, हौसला दिउँ भनेर गएको थिएँ । त्यतिबेला मैले सीसी क्यामेराको फुटेजबाट फोटो लिएको हो ।






