धादिङ। समाजवादी प्रेस संगठन धादिङका अध्यक्ष राज ढुंगानाले अध्यक्ष पदबाट राजिनामा दिनुभएको छ।

ढुंगानाले मंगलबार साँझ एक बिज्ञप्ति जारी गर्दै पदमा नरहने निर्णय गर्दै अध्यक्ष पदबाट राजीनामा दिएको जानकारी गराउनुभएको हो ।

नेतृत्व प्रति असन्तुष्टि व्यक्त गदै मंसिर २८ गते सम्पन्न नेपाल पत्रकार महासंघको जिल्ला शाखाको निर्वाचनमा समाजवादी प्रेस सङ्गठन धादिङले झिनो मतले एक पदमा हार व्यहोर्नु परेको भन्दै सँगठनको केन्द्र, प्रदेश तथा जिल्ला तहको नेतृत्व विच समयमा सहकार्य र समन्वय नहुने लगायत विविध कारणले गर्दा यसअघि महासँघको कार्यसमितीमा रहि काम गरेका र अहिले पनि काम गर्न चाहेका साथीहरु महासँघबाट बाहिरिनु भएको र सङ्ख्यात्मक रुपमा बलियो सदस्य रहेको यस जिल्लामा यो किसिमको अवस्था आउनु दुखद पक्ष रहेको बिज्ञप्तीमा उल्लेख छ।

नेतृत्वको अर्कमण्यताका कारण जिल्लामा निकै कम पदमा त्यो पनि अन्तिम समयमा उम्मेद्वारी दिन परेको भन्दै सँगठनलाई बलियो बनाउनु छ भने हरेक क्रियाकलापमा नेतृत्व बिच सहकार्य र समन्वयको वातावरण हुनुपर्ने ढुंगानाद्धारा जारी बिज्ञप्तीमा भनिएको छ ।

समाजवादी प्रेस संगठन धादिङले गएको निर्वाचनमा केन्द्रिय गठबन्धन बिरुद्ध विद्रोह गर्दै प्रेस चौतारी नेपाल र नेपाल प्रेस युनियनसंग सहकार्य गरेको थियो ।

उक्त सङ्गठनको तर्फबाट उम्मेदवार रहेको मध्ये जिल्ला शाखाको अन्य समावेशी अन्तर्गत कार्यसमिति सदस्यमा सनिता चेपाङ निर्विरोध र खुला सदस्यमा निर्वाचन मार्फत सन्दिप प्रसाद घिमिरे, प्रदेश परिषद सदस्यमा लक्ष्मी भुजेल निर्विरोध निर्वाचित भएका थिए । भने राज ढुंगाना आफै पनि निर्वाचन मार्फत निर्वाचित हुनुभएको थियो ।

धादिङ शाखाको कोषाध्यक्ष पदमा भने प्रेस सेन्टरका बद्री अधिकारीसँग समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य शिवराज आचार्य ३ मतले पराजित हुनुभएको थियो ।

यस्तो छ प्रेस विज्ञप्ती ।

प्रेस विज्ञप्ती

भर्खरै मात्र नेपाल पत्रकार महासंघको जिल्ला, प्रदेश र केन्द्रको निर्वाचन सौहार्द वातावरणमा सम्पन्न भएको छ । तिनै तहका विभिन्न पदमा निर्वाचित सबै र विशेष गरि जिल्ला शाखा धादिङको कार्यसमिति, प्रदेश परिषद र केन्द्रीय परिषदमा सर्वसम्मत तथा मतदान मार्फत विजयी हुने साथीहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु । सङ्गठनको तर्फबाट उम्मेदवार रहेको मध्ये जिल्ला शाखाको अन्य समावेशी अन्तर्गत कार्यसमिति सदस्यमा निर्विरोध र खुला सदस्यमा निर्वाचनमार्फत निर्वाचित २ जना सहित प्रदेश परिषद सदस्यमा निर्विरोध र निर्वाचन मार्फत अन्य २ जनालाई निर्वाचित गराउनुभएकोमा सम्पुर्ण मतदातालाई धन्यवाद व्यक्त गर्दछु ।

निर्वाचनमा समाजवादी प्रेस सङ्गठन धादिङले झिनो मतले एक पदमा हार व्यहोर्नु परेको तितो अनुभव हामीले भोग्न पर्यो । नेतृत्वको अकर्मण्यता जिल्ला तहमा संवादहीनतावीच धादिङमा फरक गठबन्धन बन्न पुग्यो । सङ्गठनले ४ पदमा उम्मेदवारी दिएकोमा ३ पदमा विजयी हासिल गरेतापनि एक पदमा पराजय व्यहोर्नुपर्यो । शतप्रतिशत जीत निकाल्न निकै प्रयास गरियो । यद्यपी जिल्ला शाखाको कोषाध्यक्ष पदमा संगठनका केन्द्रीय सदस्य शिवराज आचार्यले झिनो मतले पराजित हुनपर्यो ।

नेतृत्वको अर्कमण्यताका कारण जिल्लामा निकै कम पदमा त्यो पनि अन्तिम समयमा उम्मेद्वारी दिन परेको यर्थाथ हामीमा छ । सँगठनको केन्द्र, प्रदेश तथा जिल्ला तहको नेतृत्व विच समयमा सहकार्य र समन्वय नहुने लगायत विविध कारणले गर्दा यस अघि महासँघको कार्यसमितीमा रहि काम गरेका र अहिले पनि काम गर्न चाहेका साथीहरु महासँघबाट बाहिरिनु भएको छ । सङ्ख्यात्मक रुपमा बलियो सदस्य रहेको यस जिल्लामा यो किसिमको अवस्था आउनु दुखद पक्ष हो ।

सँगठनलाई बलियो बनाउनु छ भने हरेक क्रियाकलापमा नेतृत्व बिच सहकार्य र समन्वयको वातावरण निर्माणका लागि अनुरोध सहित यस परिस्थितिको जिम्मेवारी लिँदै आजको मितिबाट पदमा नरहने निर्णय गर्दै समाजवादी प्रेस सङ्गठन धादिङको अध्यक्ष पदबाट राजीनामा दिएको जानकारी गराउँदछु । २०७८ फागुन २ गतेदेखि अध्यक्ष पदमा रहँदा मलाई साथ दिने कमिटीका सम्पूर्ण प्रिय साथीहरुलाई हृदयदेखि आभार प्रकट गर्दछु । आगामी दिनमा श्रमजीवी पत्रकारहरुको हकहित र अधिकारको लागि निरन्तर साथमा रहने प्रतिवद्धता पनि व्यक्त गर्दछु ।

राज ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0