धादिङ  । बच्छालादेबी मा.बि, खनियावासले स्थापनाकाे ५० बर्ष पुगेकाे अवसरमा  स्वर्ण जयन्ती  मनाएको छ ।

विद्यालयका अध्यक्ष राजु पाख्रीनको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बाग्मती प्रदेशका मुख्य मन्त्री बहादुर सिंह लामा तामाङ ,बिशेष अतिथिहरुमा खनियाबास गाउँ पालिका प्रमुख रण ब तामाङ ,रुबी भ्याली गाउँ पालिका प्रमुख राम सिंह तामाङ ,अतिथिहरुमा गाउँ पालिकाका उपाध्यक्ष हरु , प्रमुख प्रशासकीय अधिकृत , खनियाबास गाउँ पालिका भित्रका विद्यालयहरुको प्र अ हरु ,बच्छलादेबी मा बि भू पु विद्यार्थी समाजका अध्यक्ष बम ब तामाङ , सचिब कृष्ण बद्री पौडेल , शिक्षाबिद बाबुराम फ्युबा , बिद्दार्थी समाजका हरि तामाङ , रामेश्वर रिजाल , तामाङ    घेदुङका अध्यक्ष दिपक लोप्चन ,गायिका मनमाया वाईवा ,रिजाल समाजका सदस्यहरु भू .पु प्र. अ ,भू .पु विद्यार्थीहरु अभिभावक ,विद्यार्थीहरुको बाग्लो उपस्थिती रहेको थियो ।

कार्यक्रममा जग्गा दाता रिजालहरु, विद्यालयलाई सहयोग गर्ने सस्था गणेश हिमाल फाउन्डेसन , बच्छला देबी मा बि भू.पु विद्यार्थी समाज ,शितल छहारी नेपाल लगाएतको सस्थाहरुलाई सम्मान पत्र प्रमुख अतिथिद्वारा प्रदान गरियो । भू.पु प्र.अ हरु ,भू.पु शिक्षक , भू.पु विद्यार्थीहरु लगायतलाई  सम्मान गरिकाे थियाे । कार्यक्रममा गायिका मनमाया वाईवा र गायक उर बहादुर तामाङको गीत ,मेन्दोमाया प्रस्तुत भएको थियो ।

प्रमुख अतिथि बहादुर सिंह लामाले बाग्मती प्रदेशको सबै गाउँ पालिका नगर पालिकामा बिकास पुर्याउनु आफ्नो दायित्व भएको भएता पनि खनियाबास गाउँ पालिकालाई बिशेश ध्यान दिने बत्ताउनु भयो । शिक्षा नभै बिकास हुदैन ,शिक्षामा जोड दिनु पर्छ ,नुवाकोटको त्रिसुलीमा पुरानो हाईस्कुल भएको बिषयको पनि चर्चा गर्नु भयो । बाटो ,सडक ,पुल निर्माण गर्ने बिषयमा पनि प्रतिबद्धता व्यक्त गर्नु   भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0