धादिङ बेसी। दिब्य त्रिकोण मिडिया  हाउस द्वारा नवनिर्वाचित नेपाल पत्रकार   महासघ जिल्ला कार्यसमिति धादिङका अध्यक्ष ,पदाधिकारी तथा सदस्यहरुलाई एक कार्यक्रमका बीच बधाई तथा स्वागत कार्यक्रम सम्पन्न गरेकाे छ ।

कार्यक्रम मिडिया हाउसको अध्यक्ष कृष्ण बद्री पौडेलको अध्यक्षतामा भएको ,प्रमुख अतिथि नवनिर्वाचित अध्यक्ष सीताराम अधिकारी , अतिथि हरुमा कोषाध्यक्ष बद्री अधिकारी ,नेपाल मानव अधिकार संगठन धादिङका सभापति कृष्ण राज अधिकारी र नवनिर्वाचित पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियाे ।

कार्यक्रममा अध्यक्ष सीताराम अधिकारीले आफू र आफ्नो कार्यसमितिले गलत नगरी सबै सग हातेमालो गरि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

त्रिकोण खबर डटकमका प्रधान सम्पादक कृष्ण राज अधिकारी,सम्पादक ईश्वर थापा मगर र अध्यक्ष कृष्ण बद्री पौडेलले स्वागत गर्नु भएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0