कृष्ण बद्री पाैडेल
धादिङ ०२ फागुन २०८१

धादिङको नेत्रावती डवजोङ गाउँपालिका कार्य सम्पादन मुल्याङ्कनमा बागमती प्रदेशकै पहिलो र नेपाल भरको तेस्रो स्थानिय तह बन्न सफल भएको छ । स्थानिय सरकारको कार्यसम्पादन गर्न प्रयोग गरिएको सुचकको आधारमा नेत्रावती डवजोङ गाउँपालिका प्रदेशकै उत्कृष्ट पालिका बनेको हो ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा बित्त आयोगको गरेको १७ वटा सुचकको आधारमा नेत्रावती डवजोङ गाउँपालिकाले ७८.२ नम्बर ल्याई प्रदेशकै पहिलो भएको गाउँपालिकाका प्रमुख प्रशाशकीय अधिकृत हरेराम शाहले बताउनु भयो । यस अघि नेत्रावती डवजोङ गाउँपालिकाले बेरुजुमा पनि अग्रस्थान हासिल गर्न सफल भएको थियो ।अघिल्लो बर्षमा देशभरिका पालिका मध्ये छैटौँ स्थान हासिल गरेको नेत्रावती डवजोङ गाउँपालिकाले कार्यसम्पादन मूल्याङ्कनमा ४८.७१ अंक हासिल गरि जिल्लामा प्रथम भई उत्कृष्ट स्थानिय तह बन्न सफल भएको थियो ।

के के छन् १७ वटा बुदाहरूमा ?

सुचक १ :- गाउँ काययपालिका/ नगर कार्यपालिका २०८१ असार १० गते भित्र आर्थिक बर्ष २०८१/८२ को राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ सभा/नगरसभामा पेश गरे/नगरेको (१ गरेको ० नगरेको)।
सुचक २ :-गाउँ काययपालिका/नगर कार्यपालिका आर्थिक बर्ष २०८१/८२ को राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ सिाबाट २०८१ असार मसाधतलित्र पाररत गरे/नगरेको (१ गरेको ० नगरेको)।
सुचक ३ :-स्थानीय तहिे आर्थिक बर्ष २०८०/८१ मा घर जग्गा रजिष्ट्शन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन कर वापत उठेको रकममध्ये प्रदेश सरकारलाई दिनुपने ४० प्रितशत रकम मालसक रुपमा प्रदेश सन्ञ्चित कोषर्मा जम्मा गरे/नगरेको।
सुचक ४ :-स्थानीय तह आर्थिक बर्ष २०८२/८३ को आय व्यय प्रक्षेपण गररएको तथ्याङ्क सहितको विवरण २०८१ पुस मसात भित्र पेस गरे/नगरेको ( गरेको=१)।
सुचक ५ :-स्थानीय तहले आर्थिक बर्ष २०८०/८१ को बजेट कार्यन्वयनको बार्षिक समिक्षा गरी तत सम्बधि विवरण २०८१ कार्तिक मसान्त भित्र सार्वजनिक गरे/नगरेको ( गरेको=१)।
सुचक ६.१ :-आर्थिक बर्ष २०८०/८१ को राजश्व संकलनको प्रक्षेपित लक्ष्य रु.
सुचक ६.२ :-आर्थिक बर्ष २०८०/८१ को यथाथय राजश्व संकिन रकम रु
सुचक ६.३ :-आर्थिक बर्ष २०७९/८० को यथाथय राजश्व संकिन रकम रु
सुचक ७.१ :-आर्थिक बर्ष २०८०/८१ मा कुल विनियोजित रकम रू. हजार
सुचक ७.२ :-आर्थिक बर्ष २०८०/८१ मा कुल खर्च रकम रू.हजार
सुचक ७.३ :-आर्थिक बर्ष २०८०/८१ मा कुल पुजिगत विनियोजित रकम रू.हजार
सुचक ७.४ :-आर्थिक बर्ष २०८०/८१ मा कुल पुजिगत खर्च रकम रू.हजार
सुचक ८.१ :-आर्थिक बर्ष २०७९/८० को कुल लेखापरीक्षण भएको रकम रू. हजार
सुचक ८.२ :-आर्थिक बर्ष २०७९/८० मा कायम भएको बेरुजु रकम रू. हजार
सुचक ९ :-स्थानीय सन्चित कोष व्यावस्थापन प्रणाली ( SUTRA) को प्रयोग गरे/नगरेको ( गरेको=१)।
सुचक १० :-स्थानीय तहले आवधिक योजना तर्जुमा गरे/नगरेको ( गरेको=१)।
सुचक ११ :-शैक्षिक शत्र २०८१ मा कक्षा १ देखि ८ सम्म ५ देखि १२ बर्ष उमेर समुहका विद्याथी खुद भर्ना दर
सुचक १२.१ :-शैक्षिक शत्र २०८० मा कक्षा ८ मा रहेका विद्याथी संख्या
सुचक १२.२ :-शैक्षिक शत्र २०८१ मा कक्षा ९ मा रहेका विद्याथी संख्या
सुचक १३.१ :-शैक्षिक शत्र २०८० मा सामुदायिक विद्याथीबाट कक्षा १० को पररक्षामा सहिागी कुल विद्याथी संख्या
सुचक १३.२ :-शैक्षिक शत्र २०८० मा सामुदायिक विद्यालयबाट कक्षा १० को परिक्षामा कम्तीमा “डी” वा सो भन्दा उच्च ग्रेड सहित उत्णिण विद्याथी संख्या
सुचक १४.१ :-आर्थिक बर्ष २०८०/८१ मा अनुमानित गर्भवती महिलाको सख्या
सुचक १४.२ :-आर्थिक बर्ष २०८०/८१ मा ४ पटक गर्भ जाँच गने महिलाको संख्या
सुचक १५ :-आर्थिक बर्ष २०८०/८१ संस्थागत स्वस्थ्य संस्थामा सुत्केरी हुने महिलाको संख्या
सुचक १६.१ :-आर्थिक बर्ष २०८०/८१ मा २४ महिनासम्मका वालबालिकाको अनुमानित संख्या
सुचक १६.२ :-आर्थिक बर्ष २०८०/८१ मा पुर्ण खोप पाएका वालबालिकाको संख्या
सुचक १७ :-आयोगले तयार गरेको विद्युतीय अनलाइन पोटलमा काय सम्पादन सुचक सम्बधि विवरण तोकिएको अवधिमा प्रविष्ट गरे/नगरेको ( गरेको=१)

कार्य सम्पादन मुल्याङ्कनमा धादिङका स्थानिय तह
धादिङको १३ वटा स्थानिय तह मध्ये ७८.२ अंक हासिल गरि नेत्रावती डवजोङ गाउँपालिका प्रथम भएको छ । नीलकण्ठ नगरपालिकाले ७६.५ अंक हासिल गरि दोस्रो र बेनिघाट रोराङ गाउँपालिकाले ७४. ४ अंक हासिल गरि तेस्रो बन्न सफल भएको छ । त्यसैगरी गंगाजमुना गाउँपालिकाले ६१.५ अंक हासिल गरि धादिङमा चौथो बन्न सफल भएको छ । कार्य सम्पादनको मुल्याङ्कनमा रुवीभ्याली गाउँपालिकाले ४८.८ अंक मात्रै हासिल गरेर धादिङको सवै भन्दा कमजोर पालिका सावित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0