धादिङ । धादिङ फुटबल क्लवले आयोजना गरेको प्रथम सुमन स्मृति कपको उपाधि मित्र युवा क्लवले जितेको छ ।


आयोजक धादिङ फुटबल क्लव (DFC) लाई २–० गोल अन्तरले पराजित गर्दै एम.वाई.सी.ले उपाधि चुमेको हो । उपाधि विजेता संगै एम.वाई.सी. क्लवले नगद एक लाख ७५ हजार रुपैया राशीको पुरस्कार हात पार्न सफल भएको छ। त्यसको साथै ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजक धादिङ फुटबल क्लव धादिङका सचिव सरोज पाण्डेले जानकारी दिए ।

त्यस्तै उपविजेता डि.एफ.सी.लाई ७५ हजार र तृतिय हुने शिवदल गण र सेभेन हर्सका खेलाडीलाई २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । उत्कृष्ट प्रशिक्षक तर्फ एम.वाई.सी.का सञ्जय सापकोटा ‘मित्र’, उत्कृष्ट खेलाडी एम.वाई.सी.का अनिल राना मगर, उत्कृष्ट गोल किप्पर एम.वाई.सी.का सफल खत्री, उच्च गोलकर्ता शिवदल गणका सरोज श्रेष्ठ र उदयमान खेलाडी डि.एफ.सी.का समिर गु्रुङलाई नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0