धादिङ । नीलकण्ठ नगरपालिका वडा नम्बर २ को वडा कार्यालयको नबनिर्मित भबन बसाहमा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।

करिव ५६लाख वरावरको लागतमा एक तल्ले पक्की वडा कार्यालय भवन निमाण सम्पन्न भएको वडा अध्यक्ष ध्वज बहादुर गरुङले जानकारी दिए ।स्थानिय चारजना व्यक्तिहरुले स्वत रुपमा वडालाई २ रोपनी जग्गा दान दिएपछि भवन निमार्ण गर्न सम्भव भएको समेत वडा अध्यक्ष गुरुङले बताए ।

वडा कार्यालय भवन उद्घाटन समारोहमा वोल्नुहुदै निलकण्ठ नगरपालिकाका प्रमुख भिम प्रसाद ढुङगानाले वडा कार्यालय भवन निमार्ण सम्पन्न गर्न सबैको भुमीका अहम रहेको बताउदै नगरप्रमुखले हामीला हेप्यो पेल्यो भन्ने होईन अव अदालतले नै निर्णय गरेकोले अदालतको निर्णय कार्यन्वयन गर्नुपर्ने नत्र अदालतको मानहानी हुने बताउनु भयो । स्मरण रहोस् यस अधि वडा कार्यालय भवन निमार्णको बिषयमा असहमती जनाउदै अदालतमा मुद्दा समेत दायर भएको थियो ।    

वडा कार्यालय भवन उद्घाटन समारोहमा अतिथिको रुपमा नेपाली काङ्ग्रेस धादिङको निबर्तमान सभापती रमेश धमला, प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, प्रहरी प्रमुख दिपेन्द्र शाही,शसस्त्र प्रहरीका डिएसपी लक्ष्मी थपलिया, नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापती राकेश धमला, नेकपा एमाले, नेकपा माओबादी केन्द्र लगायतका दलका प्रतिनिधि लगायतको आतिथ्यता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0