धादिङ । सशस्त्र प्रहरी बल नेपालले धादिङको रुवीभ्याली गाउँपालिकाको तिप्लिङ लप्दुङमा बोर्डर आउट पोष्ट (विओपी) को स्थापना गरेको छ ।

विओपीको शुक्रवार नेपाल सरकारका गृह मन्त्री रमेश लेखक, कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

विओपी उद्घाटन कार्यक्रममा गृह सचिव गोकर्णमणि दुवाडी ,धादिङ जिल्लाका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, रुवीभ्याली गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङ, सशस्त्र प्रहरी बल, नेपाल आश्रीत गुल्म धादिङका प्रमुख लक्ष्मी थपलिया, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका जिल्ला स्थित प्रमुखहरु लगायत संचारकर्मी र स्थानीय वासिन्दाहरुको समेत उपस्थिती रहेको थियो ।

विओपी स्थापनाले सिमा सुरक्षामा सहजता ल्याउने विश्वास गरिएको छ ।






