धादिङ, २९ वैशाख। नेपाल मानव अधिकार संगठन धादिङको आयोजनामा स्थानीय तहमा मानव अधिकार र लोकतन्त्र सम्बन्धी छलफल तथा विचार विमर्श कार्यक्रम सम्पन्न भएको छ।

साेमवार धादिङवेसीमा आयाेजित कार्यक्रममा मानव अधिकार शिक्षा , जिल्लामा मानव अधिकारको वर्तमान अवस्था साथै, स्थानीय तहमा मानव अधिकारसम्बन्धी नीति, नियम निर्माण र कार्यान्वयनका चुनौतीबारे सरोकारवालाबीच अन्तरक्रिया तथा छलफल  गरिएको थियो।
कार्यक्रममा  नेपाल मानव अधिकार संगठन केन्द्रीय समितिका सभापति ईन्द्र अर्यालले वर्तमान अवस्थामा स्थानिय सरकारले मानव अधिकार सचेतनामा जाेडदिदै न्यायिक सहभागिता सुनिश्चित गरिनुपर्ने बताउनुभयाे ।
कुनै व्यक्तिलाई सर्वसाभारणले कुटपिट गरे अपराध हुने र सरकारले गरे मानव अधिकारको हनन हुने भन्दै सरकार मानव अधिकार पालना गराउने निकाय हो र हामी नागरिक हौ यहीबाट पनि मानव अधिकारलाई बुझ्न सकिने नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारीले बताउनु भयो ।

नेपाल मानव अधिकार संगठन  धादिङका सभापति कृष्णराज अधिकारीले स्थानीय तहमा मानव अधिकारसम्बन्धी नीति, नियम निर्माण तथा मानव अधिकार मैत्री कार्यक्रम सञ्चालनको अवस्था र त्यसमा देखिएको चुनौतिबारे जानकारी दिनुभयो।

नेपाल मानव अधिकार संगठन केन्द्रिय समितिका सभापति वरिष्ठ अधिवक्ता इन्द्र अर्यालले देशभर मानव अधिकारको अवस्था, नीति निर्माण र कार्यान्वयन सुदृढ पार्न जिल्ला कार्यसमितिमार्फत यस्ता कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो।

त्यस्तै, नीलकण्ठ नगरपालिका वडा नं. ४ का अध्यक्ष हरि श्रेष्ठले मानव अधिकारसम्बन्धी कार्यक्रम शहरी क्षेत्रमा मात्र सिमित हुँदा ग्रामीण भेगमा अझै चेतना अभाव देखिएको र यसले गम्भीर मानव अधिकार हननलाई निम्त्याइरहेको धारणा राख्नुभयो।

कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य गोविन्द लम्साल, नेपाल मानव अधिकार संगठन केन्द्रिय समितिका कोषाध्यक्ष टिका डागी, सदस्य बिप्लव भट्ट, मधुसुधन उपाध्याय, पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारीलगायत सरोकारवाला निकाय, पत्रकार तथा स्थानीय तहका जनप्रतिनिधिहरुको सक्रिय उपस्थिति रहेको थियो। अन्त्यमा, कार्यक्रममा ग्रामीण भेगमा मानव अधिकारसम्बन्धी चेतना अभिवृद्धि गर्नुका साथै नीति नियम निर्माण र कार्यान्वयनमा स्थानीय तह तथा सरोकारवालाको भूमिकालाई अझ सशक्त र प्रभावकारी बनाउनुपर्ने निष्कर्ष निकालिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0