धादिङ । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ ससाहमा ७ बर्षिया बालिकालाई ठक्कर दिई फरार भएका मोटरसाईकल चालक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिद्धलेक गाउँपालिका वडा नम्बर २ नलाङका खेमलाल श्रेष्ठ रहेका छन् ।
श्रेष्ठलाई काठमाण्डौंको बालाजुबाट बा ७७ प ३३९१ नम्बरको मोटरसाईकल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवंम प्रहरी नायव उपरिक्षक सुवास हमालले जानकारी दिनुभयो ।

आज बिहान घरबाट स्कुल जाँदै गरेकी ससाह ज्यामिरेकी सात वर्षिय दिपिका वि.क मोटरसाईकलको ठक्करबाट सडकमा लडिरहेको अवस्थामा फेला परेकी थिईन ।
घाइते बालिकालाई धादिङ अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि हेलिकप्टर मार्फत काठमाडौंस्थित टिचिङ अस्पताल लगिएको छ ।
घाईते बालिकाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

यससंग सम्वन्धित अन्य समाचार

सडक दुर्घटनामा कक्षा २ की छात्रा गम्भीर घाइते, थप उपचारको लागि काठमान्डौ रिफर


सडक दुर्घटनामा कक्षा २ की छात्रा गम्भीर घाइते, थप उपचारको लागि काठमान्डौ रिफर

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0