धादिङ, भदौ २५ ।
जेन–जेडको आन्दोलनसँगै अराजक गतिविधि हुन सक्ने भन्दै धादिङमा कर्फ्यु आदेश जारी गरिएको छ। प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले बुधबार जारी गरेको आदेशअनुसार भदौ २५ गते विहान १२ बजेदेखि अर्को आदेश नभएसम्म जिल्लाभर निषेधाज्ञा लागू हुने भएको हो।

निषेधाज्ञा अवधिभर पाँच जनाभन्दा बढी भेला भई जुलुस, प्रदर्शन, नाराबाजी तथा सभा गर्न रोक लगाइएको छ। त्यस्तै ढुङ्गा, लठ्ठी, झण्डा बोकी हिँड्ने, हुट्हुटी मच्चाउने वा शान्ति सुरक्षामा बाधा पुग्ने गतिविधि पूर्ण रूपमा निषेध गरिएको प्रशासनले जनाएको छ।

आदेशको उल्लंघन गरी अवज्ञा गर्ने व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही हुने जिल्ला प्रशासन कार्यालय धादिङले स्पष्ट पारेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0