धादिङ । धादिङ कारागारभित्र कैदीहरूले आगजनी गरी भाग्ने प्रयास गरेपछि सुरक्षा निकायले गोली चलाउन बाध्य भएको छ। उक्त घटनामा एक कैदीको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

घटना नियन्त्रणमा लिन नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रूपमा कारबाही गरेका थिए। कारागारभित्र लागेको आगो नियन्त्रणमा लिन दमकल समेत परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

स्थिति थप बिग्रिन नदिने उद्देश्यले धादिङ जिल्ला प्रशासन कार्यालयले बुधबार दिउँसो १२ बजेदेखि अर्को आदेश नभएसम्म जिल्लाभर निषेधाज्ञा जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीका अनुसार पाँच जनाभन्दा बढी भेला हुन, जुलुस, प्रदर्शन, सभा वा धर्ना गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ। प्रशासनले जिल्लावासीलाई शान्ति–सुरक्षा कायम गर्न निषेधाज्ञा पालना गर्न आग्रह गरेको छ।

घाईते तथा मृतकको नामावली

क्र.सं नामथर उमेर लिङ्ग ठेगाना स्वास्थ्यको अवस्था
कपिल परियार ३५ पुरुष त्रिपुरासुन्दरी–१, धादिङ मध्यम
देवराज अधिकारी ५० पुरुष त्रिपुरासुन्दरी–१, धादिङ मध्यम
मेम बहादुर तामाङ ४५ पुरुष गजुरी–८, धादिङ मध्यम
राम शरण परियार ४० पुरुष नीलकण्ठ–७, धादिङ मध्यम
डम्बर बहादुर दाहाल ४२ पुरुष धुनीवेसी–७, धादिङ गम्भिर
कृष्ण बहादुर मोक्तान ५० पुरुष गजुरी–७, धादिङ गम्भिर
बिकाश गुरुङ ३५ पुरुष नेत्रावती डवजोङ–६, धादिङ मध्यम
नाम नखुलेको व्यक्ति अन्दाजी ७५ वर्ष पुरुष स्थान अज्ञात मृत

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0