धादिङ, भदौ २९ ।
धादिङ जिल्लाको निलकण्ठ नगरपालिका–८ मुरली भञ्ज्याङमा आइतबार बिहान सवारी दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। बिहान करिब १०:४० बजे धादिङबेसीबाट सल्यानटारतर्फ गइरहेको BAC 4063 नम्बरको स्कारपियो र विपरीत दिशाबाट आउँदै गरेको बा ३२ प ८००८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक निलकण्ठ–९ निगालपानीका ३९ वर्षीय राकेश खाती गम्भीर घाइते भएका छन्। उनको छातीमा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। सोही मोटरसाइकलमा सवार ३५ वर्षीय कुमार बरायलीको अनुहार र दुबै खुट्टामा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको बताइएको छ। दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल धादिङबेसी पुर्‍याइएको छ।

दुर्घटनापछि जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका प्रहरी नायब निरीक्षक (प्र.ना.नि.) पुष्पराज जोशीको कमाण्डमा घटनास्थलमा प्रहरी टोली खटिएको थियो। दुर्घटनामा संलग्न स्कारपियो चालक काठमाडौं मुलपानीका ४८ वर्षीय राजेन्द्र फुयाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनास्थल जिल्ला प्रहरी कार्यालय धादिङबाट करिब ३ किलोमिटर पश्चिम–उत्तर पर्छ। दुवै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0