धादिङ । जेन्जी रेड फोर्स नेपालले धादिङ जिल्लाको संयोजकमा जनकलाकार सन्दिप स्याम्चेन तामाङलाई जिम्मेवारी दिएको छ। केन्द्रिय अध्यक्ष स्मृति तिमल्सिनाले तामाङलाई धादिङ जिल्ला संयोजकको रूपमा घोषणा गरेका हुन्।
तामाङ नेकपा (माओवादी केन्द्र) खनियाबास गाउँपालिकाका निवर्तमान पार्टी उपाध्यक्ष, प्रेस सेन्टर नेपाल धादिङ जिल्ला उपाध्यक्ष, तामाङ म्हेन्दोमाया धादिङका संस्थापक अध्यक्ष तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति सदस्य समेत हुन्।
विभिन्न राजनीतिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा सक्रिय रहँदै आएका तामाङले जिम्मेवारी प्राप्तपछि संगठनलाई जिल्लाभर सशक्त र सुदृढ बनाउने संकल्प व्यक्त गरेका छन्।






