Screenshot

६ कार्तिक २०८२

धादिङ ,   नेत्रावती डवजोङ गा पा वडा न ४ थर्पू च्यान डाडामा कृष्ण ब बि क को घरमा देउसी भैलोको निहुमा झगडा भएको थियो , बेलुका ७:०० बजे तिर झगडा भएको र कृष्ण ब लगाएत उनको  ८४ वर्षिय आमा , उनको  छोरा घाईते भएको घर टोडफोर भए पछी प्रतिकार गर्दा दुबै तर्फ गरी १२ जना घाईते भएको  वडा सदस्य शान्त कुमार श्रेष्ठ ले जानकारी दिएको छ । बि क पक्ष  धादिङ  अस्पताल मा र   परियार पक्ष शहिद  मेमोरियल अस्पताल  धादिङमा उपचार भएको  अस्एअसअस्पतालले जनाएको  छ ।   कार्तिक ३ गते पनि सामान्य झगडा भएको र ६ गते साझ तल्लो गाउ र माथिल्लो गाउ बिच झडप भएको हो , धादिङ अस्पताल मा आएको मध्ये ३ जना काठमाडौं रिफर गरेको अस्पताल ले जनाएको छ , आज मिति २०८२/७/७ मा जिल्ला प्रहरी कार्यालयमा नेत्रावती डवजोङ वडा न ४ का कार्यबाहक वडा अध्यक्ष बुद्दराम तामाङको रोह्बरमा कार्तिक १६ गते छलफल गर्ने गरी कसैलाई पनि गिरफ्तार नगरेको वडा सदस्य  शान्ता कुमार  श्रेष्ठले बत्ताउनु भयो । घाईते मध्ये किरण परियार शहिद मेमोरियल अस्पताल धादिङमा उपचारमा रहेको अन्य पाच जना रिफर भएको शहिद मे अस्पतालले जनाएको छ भने धादिङ अस्पतालको ३ जना रिफर भएको र ३ जना डिस्चार्ज भएको अस्प्पालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0