धादिङ , १५ कार्तिक २०८२

मनाङको ङिस्याङ गाउँपालिका–९ तिलिचो तालको बेसक्याम्पमा अलपत्र परेका  रेशु अधिकारी र अशोक बस्नेत  सहितको ११ जना आन्तरिक पर्यटकको उद्धार गरिएको छ । शनिबार बिहान ६ बजे सशस्त्र प्रहरी बलले उनीहरूको उद्धार गरेको हो । बिहान ७:५० मा रेशु अधिकारीले पनि त्रीकोण खबरलाई जानकारी दिए ।

यसअघि दुई चिनियाँ नागरिक र १३ नेपाली गरी जम्मा १५ जना पर्यटक हिमपातको कारण  तिलिचो तालको बेसक्याम्पमा अलपत्र परेको खबर आएको थियो । दुई चिनियाँ र ११ नेपाली गरी १३ जना मात्र रहेको फेला परेको सशस्त्र प्रहरीका डीएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङबाट सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर डाँगीको कमान्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज र मेडिकलसहितको टोली उनीहरुको उद्धारको लागि हिजो त्यसतर्फ गएको थियो ।

सुरक्षा फौजले शनिबार बिहान ११ नेपालिलाई चामेतर्फ ल्याउँदै गरेको छ । चिनियाँ नागरिक भने मौसम केही खुलेकोले भ्रमण सक्ने बत्ताएको बेसक्याम्पमा नै छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0