धादिङ । नेकपा (एमाले) धादिङले जेन–जी आन्दोलनपछि देखिएका अराजक प्रवृत्तिको विरोधमा आइतबार जिल्लाभर बृहत् जनप्रदर्शनसहित कोणसभा आयोजना गरेको छ ।

बिहान ११ बजेबाट सुरु भएको प्रदर्शन धादिङबेसीसहित जिल्लाका सबै १३ वटै पालिकामा एकसाथ सञ्चालन गरिएको हो । जिल्लास्तरीय प्रमुख कार्यक्रम धादिङबेसीमा सम्पन्न भएको छ भने अन्य पालिकाहरूमा पनि कोणसभा आयोजना गरिएको एमालेले जनाएको छ ।

कार्यक्रमको उद्देश्य समाजमा फैलिँदै गएको अराजकता, अस्थिरता र नकारात्मक प्रवृत्तिविरुद्ध जनचेतना अभिवृद्धि गर्नु तथा राजनीतिक स्थायित्व र सुशासनको सन्देश प्रवाह गर्नु रहेको पार्टीका नेताहरूले बताएका छन् ।

कार्यक्रममा एमालेका स्थानीय नेताहरू, कार्यकर्ता, युवाहरू र सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0