धादिङ — ऐतिहासिक तथा धार्मिक महत्व बोकेको त्रिपुरासुन्दरी माई मन्दिर परिसरमा यही मंसिर ७ गते लाग्ने त्रिपुरासुन्दरी माई (न्वागी) मेलाको अवसरमा स्थानीय सरकारले सार्वजनिक विदा घोषणा गरेको छ।

त्रिपुरासुन्दरी गाउँपालिकाकाे मंसिर ३ गते बसेको बैठकको निर्णयअनुसार मेलाको दिन गाउँपालिकाका सबै सरकारी कार्यालयहरू, सामुदायिक तथा संस्थागत विद्यालयहरू, गैरसरकारी संघ–संस्था, बैंक तथा वित्तीय संस्थाहरूमा सार्वजनिक बिदा लागू हुने जनाएको छ।

गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले जारी गरेको सूचनामा त्रिपुरासुन्दरी माई मन्दिर परिसरमा हरेक वर्ष धुमधामका साथ मनाइने न्वागी मेलाको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वलाई ध्यानमा राख्दै यस वर्ष पनि गाउँपालिकाले सार्वजनिक विदा दिएको उल्लेख छ।

गाउँपालिकाले धार्मिक मेलामा सहभागी हुन सबैमा आह्वान गर्दै मेलाको तयारी र व्यवस्थापनका लागि आवश्यक समन्वय मिलाइएको समेत जानकारी गराएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0