धादिङ । गोइराङ आधारभूत विद्यालयमा स्थापना गरिएको पुस्तकालयको हस्तान्तरण तथा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।

प्रयास नेपाल धादिङले चाइल्डफण्ड जापानको आर्थिक सहयोगमा सञ्चालन गरिरहेको शिक्षामा पहुँच सुनिश्चितता परियोजना अन्तर्गत बेनीघाट रोराङ गाउँपालिका–१० स्थित गोइराङ आधारभूत विद्यालयमा उक्त पुस्तकालय स्थापना गरिएको हो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याम बा. गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बेनीघाट रोराङ गाउँपालिकाका उपाध्यक्ष टापबहादुर श्रेष्ठ प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा गाउँशिक्षा अधिकारी बोधराज पाठक, चाइल्डफण्ड जापानका निर्देशक मासहिरो, नेपालका लागि कन्ट्री डाइरेक्टर आङ पासाङ शेर्पा, एरिया म्यानेजर कविराम बाठा मगर, डिएस अफिसर श्रीकान्त लुईटेल, प्रयास नेपाल धादिङका अध्यक्ष वीरबहादुर श्रेष्ठ, कार्यकारी निर्देशक दामोदर अर्याल तथा सहसचिव कपिलदेव सापकोटालगायतको उपस्थिति थियो।

पुस्तकालयमा फर्निचर, कम्प्युटर तथा बसाइ व्यवस्थापनको व्यवस्था गरिएको छ। हाल पुस्तकालयमा ३६१ फरक–फरक विधाका १ हजार ६१ वटा पुस्तकहरू उपलब्ध रहेका छन्।

कार्यक्रममा वक्ताहरूले पुस्तकालयले ग्रामीण क्षेत्रका विद्यार्थीहरूको पठन संस्कृति विकास र शैक्षिक गुणस्तर सुधारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0