धादिङ, पुस ८ ।
जनस्वास्थ्य कार्यालय धादिङको आयोजनामा तथा नेत्रावती डबजोङ गाउँपालिकाको समन्वयमा मार्पाक स्वास्थ्य चौकीमा प्रजनन स्वास्थ्य रुग्णता शिविर सञ्चालन गरिएको छ।

मंगलवार सञ्चालन गरिएको शिविरबाट जम्मा १२४ जनाले सेवा लिएका जनस्वास्थ्य कार्यालय धादिङले जनाएको छ। शिविरअन्तर्गत ३० देखि ५० वर्ष उमेर समूहका ९४ महिलामा गरिएको VIA screening मध्ये ११ जना तथा २५–३० वर्ष उमेर समूहका २ जनामा positive देखिएको थियो। पोजेटिभ देखिएकामध्ये १३ जनामा ablative RX/ Thermocogulation सेवा प्रदान गरिएको थियो।

त्यस्तै, POP 1st तथा 2nd degree का ५ जना, stress incontinence का २ जना, cystocele का ५ जना तथा ४ जनामा ring pessary insertion सेवा प्रदान गरिएको जनाइएको छ। Clinical breast examination गर्दा १२४ मध्ये १ जनामा axillary tail समस्या देखिएको र बाँकी १२३ जनाको नतिजा सामान्य रहेको जनस्वास्थ्य कार्यलय धादिङका जनस्वास्थ्य निरीक्षक तोयानाथ छत्कुलीले जानकारी दिनुभयो ।

शिविरमा ८५ जनालाई vaginitis, cervicitis, VDS, PID लगायतका समस्या सम्बन्धी उपचार प्रदान गरिएको थियो। साथै cervical polyp भएका ५ जना र fibroid भएका १ जनालाई थप जाँच तथा उपचारका लागि धादिङ अस्पतालमा रिफर गरिएको छ।

शिविर सञ्चालनमा धादिङ अस्पतालका स्त्री रोग विशेषज्ञ डा. मोनिका मिश्रसहितको टिमले स्वास्थ्य परिक्षण गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0