धादिङबेसी, पुस २७ २०८२

राष्ट्रिय प्रजातन्त्र पार्टी (रा.प्र.पा.) धादिङले राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको  ३०४ औ जन्मजयन्ती धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा श्रद्धा र सम्मानका साथ  मनाएको छ।

धादिङबेसी बिच बजारमा आयोजित कार्यक्रममा रा.प्र.पा. धादिङ जिल्ला अध्यक्ष ध्रुवप्रसाद खनालको अध्यक्षतामा पृथ्वी नारायण शाहको तस्वीरमा फूलमाला अर्पण गरी कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रममा बोल्ने वक्ताहरूले पृथ्वी नारायण शाहको योगदानको चर्चा गर्दै उनले नेपाललाई एकीकृत मात्र नगरी राष्ट्रिय स्वाधीनता, एकता र आत्मनिर्भर सोचको आधार निर्माण गरेको बताए। विदेशी शक्तिको प्रभावबाट नेपाललाई जोगाउन उनले अपनाएको नीति आज पनि उत्तिकै सान्दर्भिक रहेको वक्ताहरूको भनाइ थियो।

रा.प्र.पाका जिल्ला स्तरका नेताहरू अर्जुनप्रसाद सिम्खडा, पार्वती कोइराला, रामकाजी पौडेललगायत नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको ,कार्यक्रममा पृथ्वी नारायण शाहलाई केवल इतिहासका पात्रका रूपमा ,मात्र होइन, राष्ट्रनिर्माणका दूरदर्शी नेतृत्वकर्ताका रूपमा मूल्याङ्कन गर्नुपर्नेमा जोड दिइयो।

वक्ताहरूले पछिल्ला दिनमा राष्ट्रनिर्मातामाथि हुँदै आएका राजनीतिक पूर्वाग्रहपूर्ण टिप्पणीप्रति आपत्ति जनाउँदै, पृथ्वी नारायण शाहको योगदानलाई नकार्ने प्रवृत्ति राष्ट्रहितविपरीत हुने बताएका थिए। राष्ट्र, राष्ट्रियता र स्वाभिमानको संरक्षणका लागि पृथ्वी नारायण शाहले देखाएको मार्ग आजको पुस्ताले आत्मसात गर्नुपर्ने उनीहरूको भनाइ थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0