काठमाडौं

राष्ट्रिय सभाका माननीय सदस्यहरू नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र भगवती न्यौपानेले प्रत्यक्ष निर्वाचनमा उम्मेदवार बन्ने उद्देश्यसहित आफ्नो पदबाट राजीनामा दिएका छन् ।

उनीहरूले राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसमक्ष संयुक्त रूपमा राजीनामा पत्र बुझाएका हुन् । प्रतिनिधिसभा सदस्यका रूपमा प्रत्यक्ष निर्वाचनमा सहभागी हुन संवैधानिक व्यवस्था अनुसार राष्ट्रिय सभा सदस्यहरूले पदबाट राजीनामा दिएका बताइएको छ ।

राजीनामा बुझ्दै अध्यक्ष दाहालले प्रक्रिया अनुसार राजीनामा संसद सचिवालयमार्फत अगाडि बढाइने जानकारी दिएका छन् । तीनै नेताको राजीनामापछि राष्ट्रिय सभामा रिक्त हुने स्थानबारे आवश्यक प्रक्रिया सुरु हुने बताइएको छ ।

प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारीमा रहेका यी नेताहरूको राजीनामाले आगामी निर्वाचन र राष्ट्रिय राजनीतिमा नयाँ तरंग ल्याउने विश्लेषकहरूको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0