धादिङ
नेकपा एमालेले धादिङ जिल्लामा प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार टुंगो लगाएको छ ।
पार्टीका अनुसार धादिङ क्षेत्र नम्बर १ बाट भूमी त्रिपाठीलाई उम्मेदवार बनाइएको छ भने क्षेत्र नम्बर २ बाट धनबहादुर घले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार भएका छन् ।
आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै एमालेले जिल्लामा संगठन सुदृढीकरण र चुनावी अभियानलाई तीव्र बनाउने तयारी गरेको जनाएको छ । उम्मेदवार चयनसँगै पार्टी नेता तथा कार्यकर्ताहरू चुनावी तयारीमा जुटेका छन् ।
एमालेले जिल्लामा विकास, सुशासन र स्थायित्वलाई मुख्य एजेन्डा बनाएर मतदातामाझ जाने बताएको छ ।






