धादिङ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि धादिङ संघीय निर्वाचन क्षेत्र नम्बर–२ बाट  पूर्ब गृह मन्त्री  बुद्धिमान तामाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

पञ्चायतकालदेखि नै सक्रिय राजनीतिमा रहेका तामाङले विभिन्न चरणका निर्वाचनहरू जित्दै आएका अनुभवी नेता हुन्। उनले मन्त्रीको जिम्मेवारी सम्हाल्दा समेत ग्रामीण भेगका जनसमस्या, आदिवासी जनजातिको हक–अधिकार, सांस्कृतिक पहिचानको संरक्षण तथा स्थानीय विकासका विषयलाई प्राथमिकतामा राखेर काम गरेको जनाइन्छ।

विभिन्न सामाजिक अभियान, राजनीतिक आन्दोलन र पार्टी संगठन विस्तारमा निरन्तर सक्रिय तामाङ स्थानीयस्तरमा परिचित तथा विश्वासिला नेताका रूपमा चिनिन्छन्। विगतका निर्वाचन तथा राजनीतिक  चरणमा उनले जनताको पक्षमा स्पष्ट र दृढ धारणा राख्दै सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।

पार्टीभित्र अनुशासित, विचारमा दृढ र संगठनप्रति समर्पित नेताका रूपमा परिचित तामाङको उम्मेदवारीले धादिङ–२ मा राप्रपाको चुनावी अभियानलाई थप सशक्त बनाउने विश्वास पार्टीले व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0