धादिङ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा निर्वाचनअन्तर्गत धादिङ संघीय निर्वाचन क्षेत्र नम्बर–२ बाट बोधनारायण श्रेष्ठलाई उम्मेदवारका रूपमा सिफारिस गरेको छ।

श्रेष्ठ विभिन्न संघ–संस्थामा सक्रिय रूपमा कार्यरत रहँदै आएका व्यक्तित्व हुन्। उनी यसअघि लामो समय नेपाल कम्युनिष्ट पार्टी (माओवादी) मा सक्रिय राजनीतिक भूमिकामा रहँदै जनआधारित आन्दोलन र संगठन निर्माणमा योगदान पुर्‍याउँदै आएका थिए।

रास्वपाले जनताको चाहना र समसामयिक राजनीतिक परिवर्तनको आवश्यकतालाई मध्यनजर गर्दै अनुभवी, समाजमा स्वीकार्यता भएका र स्वच्छ छवि भएका व्यक्तिलाई उम्मेदवार सिफारिस गरिएको बताएको छ। पार्टीका अनुसार श्रेष्ठले स्थानीय समस्या, विकास, सुशासन र जनउत्तरदायी राजनीतिलाई प्राथमिकतामा राख्दै चुनावी मैदानमा उत्रिने तयारी गरेका छन्।

धादिङ–२ मा नयाँ राजनीतिक विकल्पको खोजी भइरहेका बेला रास्वपाबाट श्रेष्ठको उम्मेदवारी सिफारिसले जिल्लाको राजनीतिक गतिविधि थप चर्किने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0