बैतडी , २२ माघ २०८२
बैतडीको मर्चौडी नगरपालिका–७ बाट बझाङतर्फ २२ गते बेलुका ७:५५ बजे जाँदै गरेको यात्रुबाहक बस दुर्घटनामा परेर १३ जनाको ज्यान गएको छ।
दुर्घटनास्थलमै ८ जनाको मृत्यु भएको छ भने उपचारका क्रममा अस्पतालमा थप ५ जनाले ज्यान गुमाएका बैतडीका प्रहरी प्रमुख डीएसपी दीपक कुमार रायले जानकारी दिनुभएको छ।
मृतकको विवरण
दुर्घटनामा ज्यान गुमाउनेहरूमा
- बझाङ बिथडचिर गाउँपालिका–७ निवासी ४० वर्षीय केशव राज जोशी
- ३२ वर्षीय अशोक राज जोशी
- ३५ वर्षीय बसन्त जोशी
- ४५ वर्षीय विष्णु दत्त जोशी (उपचारको क्रममा मृत्यु)
- ४२ वर्षीय नरेश राज जोशी (उपचारको क्रममा मृत्यु)
- केदारस्यूँ गाउँपालिका–४ निवासी ६० वर्षीय मोहन देव भट्ट
- जयपृथ्वी नगरपालिका–७ निवासी ४० वर्षीय बसन्त राज रतौला
- पञ्चेश्वर गाउँपालिका–७ निवासी करिब ४० वर्षीय एक पुरुष (नाम खुल्न बाकी ) अस्पताल मा ज्यान गुमाउने हरुमा
- बझाङ बित्थङचिर गा पा ७ को वर्ष १७ को बिसन दत्त जोशी
- ए ए ७ , वर्ष २७ को दिपक राज जोशी
- ए ए वर्ष ४५ को किसन दत्त जोशी
- केदारस्यु गा पा को वर्ष २७ को केशब राज भट्ट
- बैतडी , पुर्चैडी न पा ७ का १४ वर्षका सुशील जोशी रहेका छन
पवनदूत यातायातको सु.प.प्र. ०२–००१ ख १११९ नम्बरको बस अनियन्त्रित भई सडकबाट १५० मिटर तल खस्दा उक्त दुर्घटना भएको हो। दुर्घटनामा परेर घाइते भएका अन्य यात्रुहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
बसका चालक ४२ वर्षीय बिरेन्द्र बुढालाई इलाका प्रहरी कार्यालयका प्रमुख गणेश खनालको नेतृत्वमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ , दुर्घटनापछि स्थानीयवासी, सुरक्षाकर्मी तथा उद्धार टोलीले घटनास्थलमा उद्धार कार्य गरेका थिए।






