बद्री पौडेल

धादिङ , रि सल्लेरी

गङ्गाजमुना गाउँपालिकाका अध्यक्ष तथा नेपाली कांग्रेसका नेता श्री भक्त लामाका बुबा पोक्चे लामा  दोर्जेको ९१ वर्षको उमेरमा दुःखद निधन भएको छ ।

गङ्गाजमुना गाउँपालिका–२, साविक  को रि गाविस सल्लेरी निवासी पोक्चे लामा  दोर्जेको मिति २०८२ माघ २५ गते साँझ निधन भएको हो । उहाँ केही वर्षदेखि बिरामी रहँदै आउनु भएको पारिवारिक स्रोतले जनाएको छ ।

स्वर्गीय लामा दोर्जेका ७ छोरी र १ छोरा रहेका छन् , उहाँको बौद्ध धर्म परम्पराअनुसार हिजो अन्त्येष्टि (दाहसंस्कार) गरिएको छ , उक्त जानकारी उहाँका नाति स्याम गोम्जाले  हामीलाई  बत्ताए ।

स्वर्गीय पोक्चे लामा  दोर्जे स्थानीय समाजमा सरल, शान्त र धार्मिक स्वभावका व्यक्तिका रूपमा परिचित रहनु भएको थियो , उहाँको निधनले परिवारसहित सम्पूर्ण गङ्गाजमुना क्षेत्र शोकमा डुबेको छ ।

उहाँका छोरा भक्त लामा धादिङ जिल्लाको साविक निवाचन क्षेत्र  न १ को  नेपाली कांग्रेस पार्टी सभापति रहनु भएको थियो , साथै उहाँ पार्टीको  जिल्ला  सचिव तथा उपसभापति भई जिम्मेवारी सम्हालिसक्नु भएको अनुभवी राजनीतिज्ञ हुनुहुन्छ । हाल उहाँ गङ्गाजमुना गाउँपालिकाको निर्वाचित पालिका अध्यक्षका रूपमा कार्यरत हुनुहुन्छ ।

स्वर्गीय लामा दोर्जेको निधनप्रति विभिन्न राजनीतिक दल, जनप्रतिनिधि, समाजसेवी तथा स्थानीयवासीहरूले गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । हाम्रो मिडियाको तर्फबाट पनि समबेदना प्रकट गर्दछौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
1
+1
0
+1
0
+1
0
+1
0