इनरुवा, २८ फागुन । सुनसरीको हरिनगर गाउँपालिका–३ बाट प्रहरीले करिब २०० केजी गाँजा बरामद गरेको छ ।

गए राति गौतमपुरबाट हरिनगरतर्फ जाँदै गरेको प्र १–०२–००४ ह ५६३९ नम्बरको सिटी सफारी जाँच गर्ने क्रममा प्लास्टिकका आठ वटा बोरामा राखिएको गाँजा बरामद गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक केशवकुमार थेबेका अनुसार सवारी साधन जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला परेको हो । बरामद गाँजासहित घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0