नवलपरासी (पूर्व) — नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–१४ हेगौलीमा बंगुरको मासु खाएको भोजपछि १६ जना बिरामी परेका छन्।

प्राप्त जानकारीअनुसार हेगौलीका १०५ घरधुरीका स्थानीयले २०८३ जेठ २३ गते बंगुर काटेर सामूहिक भोज खाएका थिए। भोजमा सहभागीमध्ये ४४ वर्षीया रामकुमारी महतोसहित १६ जनामा ज्वरो आउने, बान्ता हुने तथा पखाला लाग्ने समस्या देखिएको हो।

बिरामी परेकाहरूलाई स्थानीय प्रहरीको सहयोगमा उद्धार गरी मध्यविन्दु प्रादेशिक अस्पताल मा उपचारका लागि लगिएको प्रहरीले जनाएकाे छ। अस्पतालमा उनीहरूको उपचार भइरहेको छ।

स्वास्थ्य समस्या देखिनुको कारणबारे सम्बन्धित निकायले अनुसन्धान गरिरहेको छ। प्रारम्भिक रूपमा दूषित खाना वा खाद्यजन्य संक्रमणका कारण समस्या भएको हुन सक्ने अनुमान गरिएको छ। स्थानीय प्रशासन तथा स्वास्थ्यकर्मीले घटनाबारे थप जानकारी संकलन गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0