लाईन्स् क्लव अफ काठमान्डाै जुपिटर काे सहयाेगमा सितल छहारी नेपालले स्वाबलम्बी बहिरा आधारभुत विधालयका बिध्याथीहरूलाई जाडाेकाे लागि न्यानाे कपडा बितरण गरिएकाे छ ।
नीलकन्ठ नगरपालिका वडा नं ८ मा रहेकाे स्वाबलम्बी बहिरा बिधालयका बिध्याथीहरूलाई ३६ थान न्यानाे कपडा, शिक्षक तथा कर्मचारीहरूकाे लागि न्यानाे कपडा र स्टेशनरी सामाग्री, स्वास्थ सामग्री लगायत वितरण गरेको हाे। बिध्यालयका अध्यक्ष हेमराज दाहालकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा आगामी पाैष महिना भित्र लुगा धुने वासिङ मेसिन सहयाेग गर्ने सितल छहारी नेपालका अध्यक्ष कृष्ण व. पाैडेल (बद्रि) ले प्रतिबद्धता जनाउनु भयाे ।






