नेपाल मगर संघ जिल्ला समन्वय समिति धादिङले माघी पर्वको अवसरमा कौह्रा नित्य प्रतियोगिता गर्ने भएको छ । मगर समुदायको महान पर्व माघीको अवसर पारी कौह्रा नित्य प्रतियोगिता साथै विविध साँस्कृतिक कार्यक्रम गर्न लागेको नेपाल मगर संघ धादिङका अध्यक्ष कुल बहादुर थापा मगरले जानकारी दिनुभयो ।
मगर समुदायमा प्रचलित कौह्रा लोक नृत्य प्रतियोगीता यही पौष २९ गते सिद्धलेक गाउपालिकाको बुङचुङमा गरिने भएको हो ।
कौह्रा नाच के हो ?
कौडा नृत्य, वा कौह्रा नाच नेपालमा मगर जातिहरूको परम्परा अनुसारको लोकप्रिय नाच हो । यो नाच तनहुँ, लमजुङ, गोर्खा, कास्की, स्याङ्जा, पाल्पा, चितवन , नवलपरासी आदि जिल्लाहरूका मगर समुदायमा माघे सक्रान्तीदेखी बैशाख पुर्णिमा सम्म नचाउने गर्दछ । यो नाचमा केटाहरूले गित गाएर खैजरि मुजुरि बजायेर केटीहरूलाई नचाउने गर्दछन् । मगर, गुरुङ र दुरा जातीमा प्रचलित प्रमुख लोकनाच मध्य कौडा पर्दछ।






