भैरवी सहकारी संस्था लि , धादिङकाे आफ्नाे चार वर्षे रणनितिक याेजना तर्जुमा गाेष्ठि सम्पन्न भएकाे छ ।

सिद्वलेक गाउपालिकामा रहेकाे नेचर क्याम्प रिसाेटमा सम्पन्न कार्यक्रममा अनिल बिर बज्राचायले सहजिकरण गर्नुभएकाे थियाे । संस्थाका अध्यक्ष गणेश कुमार श्रेष्ठकाे अध्यक्षतामा सञ्चालन गरिएकाे कार्यक्रममा उपाध्यक्ष शान्तबिक्रम बानिया , राजकुमार श्रेष्ठ महासचिव ,सल्लाहकार शम्भु कुमार श्रेष्ठ सहित विभिन्न बिषयगत समितिका पदाधिकारी तथा सदस्यहरूकाे सहभागिता रहेकाे थियाे ।

पाैष १४ र १५ गते २ दिन सम्म सञ्चालित कार्यक्रमले संस्थाकाे आगामी चार बर्षकाे लागि याेजना तर्जुमा समेत गरेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0