धादिङ , मगरहरूकाे राष्ट्रिय पर्व माघे सक्रान्तिकाे अवसरमा नेपाल मगर संघ धादिङले आयाेजना गरेकाे खुल्ला काैह्रा लाेक नृत्य प्रतियाेगितामा बागमती प्रदेशका मुख्य मन्त्री शालिकराम जमरकट्टेल आउनुहुने भएकाे छ । सिद्वलेक गाउँपालिका वडा नं६ फिसटारमा हुने माघे संक्रान्ती विशेष  साँस्कृतिक कार्यक्रम प्रमुख अतिथि बनेर फिसटार आउनलाग्नु भएकाे नेपाल मगर संघ जिल्ला समन्वय समिति धादिङका अध्यक्ष कुल बहादुर थापा मगरले बताउनु भयाे ।

हरेक बर्ष माघे सक्रान्ति पर्वकाे अवसरमा विविध कार्यक्रम गर्दै आएकाे मगर संघ धादिङले याे बर्ष सिद्वलेक वडा नं ६ फिसटारमा काैह्रा नृत्य प्रतियाेगिता गर्न लागेकाे हाे ।
उक्त कार्यक्रम गर्नुको मुख्य उदेश्य लाेप हुँदै गएकाे मगर संस्कृतिहरूकाे संरक्षण गराउनु हाे । कार्यक्रममा चर्चित लोक गायक बालचन्द्र बराल,गायिका सुमन थापा मगर  लगायत स्थानिय कलाकारहरूकाे समेत प्रस्तुती रहने छ ।

प्रतियाेगितामा भाग लिन चाहने कलाकार तथा समुहले यहि पाैष २७ गते सम्ममा टिम दर्ता गरिसक्नु पर्ने आयाेजकले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0